पृष्ठभूमि
विहादी गाउँपालिका गण्डकी प्रदेश स्थित पर्वत जिल्लाको दक्षिण भागमा रहेको छ । नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिकाको सिमाना पूर्वमा महाशिला गाउँपालिका र पैँयु गाउँपालिका, पश्चिममा गुल्मि जिल्ला र बाग्लुङ्ग जिल्ला, उत्तरमा बाग्लुङ्ग जिल्ला र फलेवास नगरपालिका तथा दक्षिणमा स्याङ्जा जिल्ला र गुल्मि जिल्ला पर्दछन्। यस गाउँपालिकाको कुल क्षेत्रफल ४४.८ वर्ग कि. मी. रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकामा महिला ५,७१५ र पुरुष ५,११३ गरि जम्मा जनसंख्या १०,८२८ र कुल परिवार संख्या २,७२३ रहेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार यस गाउँपालिकाको कुल साक्षरता ७९.७ प्रतिशत रहेको छ। यस गाउँपालिका साविकका ६ वटा गा. वि. स. बाच्छा, बर्राचौर, रानीपानी, वहाकीठाँटी, उरामपोखरा, शालिग्राम मिलेर बनेको हो। यस गाउँपालिकाको केन्द्र विहादी गाउँपालिका वडा नं. ४ स्थित वहाकीठाँटीमा रहेको छ। यस गाउँपालिकामा महत्वपुर्ण पर्यटकिय स्थलका रुपमा शालिग्राम शिला, बच्छेश्वर मन्दिर, शिवपुरी धाम, छापाकोट मन्दिर, लुरिङ्गकोट मन्दिर, शितल गुफा, रानिपानि गुफा, भञ्ज्याङ्ग देवि मन्दिर आदि रहेका छन्।
Read Moreवडाहरु
६घरधुरी
२५११जनसंख्या
१३६५१पुरुष जनसंख्या
७०९३महिला जनसंख्या
६५५८अन्य जनसंख्या
क्षेत्रफल (वर्ग किमी)
१२८.९३- पुरुष १०८८
- महिला ९७९
- जम्मा(पुरुष + महिला) २०६७
- ( घरधुरी ) ३८९
- पुरुष ११६८
- महिला १०११
- जम्मा(पुरुष + महिला) २१७९
- ( घरधुरी ) ४१२
- पुरुष १४०७
- महिला १३५८
- जम्मा(पुरुष + महिला) २७६५
- ( घरधुरी ) ५०९
- पुरुष ९१६
- महिला ८७६
- जम्मा(पुरुष + महिला) १७९२
- ( घरधुरी ) ३०२
- पुरुष १२२६
- महिला ११५६
- जम्मा(पुरुष + महिला) २३८२
- ( घरधुरी ) ४३१
- पुरुष १३३५
- महिला १२१०
- जम्मा(पुरुष + महिला) २५४५
- ( घरधुरी ) ४६७

